चट्याङ लागेर भारतको उत्तर प्रदेशमा एकैदिन २८ जनाको मृत्यु

 ग्लोबल टिभि      सोमवार, असार २८, २०७८      0

भारतको उत्तर प्रदेशमा चट्याङ लागेर २८ जनाको मृत्यु भएको छ। सबैभन्दा धेरै १३ जनाको मृत्यु प्रयागराजमा भएको छ।

बीबीसी हिन्दीका अनसार उत्तर प्रदेशमा आइतबार भएको वर्षाका क्रममा चट्याङ पर्दा विभिन्न स्थानमा २८ जनाको मृत्यु भएको हो। मृतकको संख्या बढ्नसक्ने अधिकारीहरुले जनाएका छन्।

केही गम्भीररुपमा घाइते भएका छन्। चट्याङ लागेर दर्जनौं चौपायाको पनि मृत्यु भएको छ। चट्याङ लागेर मृत्यु भएकाहरुमा समवेदना व्यक्त गर्दै मुख्यमन्त्री योगी आदित्यनाथले आइतबार नै मृतकका परिवारलाई ४-४ लाख रुपैयाँका दरले आर्थिक सहयोगको घोषणा गरेका छन्।

प्रयागराजका साथ कानपुरमा पाँच फिरोजाबादमा तीन, कौशांबीमा दुई र मिर्जामा एक जनाको मृत्यु भएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *