युरोपमा शताब्दीकै भीषण वर्षा, बाढीबाट ५५ जनाको मृत्यु, ७० बढी वेपत्ता

 ग्लोवल टि.भी.      शुक्रबार, साउन १, २०७८      0

युरोपमा एक शताब्दीकै भिषण वर्षा भएको छ। वर्षाका कारण ५५ जनाको मृत्यु भएको छ, भने ७० भन्दा बढी बेपत्ता भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले बताएका छन् ।

खराब वर्षापछिको बाढीले जनजिवन समेत अस्तव्यस्त बनाएको छ । पश्चिम युरोकपमा मुलुकहरु बाढीको कारण चपेटामा परेका छन् ।जर्मनीमा मात्रै ७० जना हराईरहेका छन् ।जर्मनीमा ४९ जनाको मृत्यु भईसकेको छ ।

बेल्जीयममा ६ जनाले ज्यान गुमाएका छन् । लक्जेम्वर्ग र नेदरल्याण्ड्स पनि बाढीबाट अति प्रभावित मुलुकमा परेका छन् । पश्चिमी युरोपमा एक शताब्दीयताकै भिषण वर्षा भएको युरोपेली मौसम एजेन्सीहरुको तथ्यांक छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *