चीनमाथि अमेरिकाले लगायो साइबर हमला आरोप

 ग्लोबल टिभि           0

बेलायत, अमेरिका र युरोपियन युनियनले चीनले ठूलो साइबर हमला गरेको आरोप लगाएका छन् ।

यस वर्षको सुरुमा चीनले माइक्रोसफ्ट एक्सचेन्ज सर्भरलाई लक्षित साइबर हमला गरेको ती देशको आरोप छ । उक्त साइबर हमलाका कारण विश्वभर ३० हजार भन्दा बढी संस्थाहरु प्रभावित भएको बताइएको छ ।

चीनले पश्चिमा मुलुकहरुमाथि आफ्नो नियन्त्रण राख्न साइबर हमलाका घटनाहरु बढाउँदै गएको ती मुलुकहरुले आरोप लगाएका छन् । चीनले सञ्चालन गरेको उक्त जासुस अभियानका कारण कयौ मुलुक असुरक्षित रहेको भन्दै चिन्ता व्यक्त गरिएको बीबीसीले जनाएको छ ।

चीनको राज्य सुरक्षा मन्त्रालयकै योजनामा साइबर हमलाका घटनाहरु हुनु दुःखद भएको भन्दै पश्चिमा मुलुकहरुले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेका छन् । तर चीनले भने उक्त आरोपको खण्डन गरेको छ ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *