कोरोना विरुद्धको दोश्रो डोज खोप लगाएका लागि साउदी अरबमा यात्रा प्रतिबन्ध फुकुवा

 ग्लोवल टि.भी.      बुधबार, साउन ६, २०७८      0

साउदी अरेबियाले कोभिडको खोप लगाएका व्यक्ति मात्र साउदी अरेबिया आउन पाउने नियम लागू गरेको छ ।कोभिडकाबीच विभिन्न देशका यात्रुलाई प्रतिबन्ध लगाएको साउदीले कोरोना विरुद्धको दोश्रो डोज लगाएका जुन सुकै देशका नागरिकलाई पनि प्रवेश गर्न अनुमति दिएको छ ।

यो नियम आगामी अगष्ट ९ देखि लागु हुनेछ । साउदीमा पछिल्लो समय नयाँ भेरिएन्टका कारण संक्रमितको संख्या बढ्न थालेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।साउदीले कोरोना महामारीलाई मध्यनजर गर्दै गत मे महिनादेखि यात्रा प्रतिबन्ध लगाएको थियो ।

साउदीले गरेको यात्रा प्रतिबन्ध फुकुवासँगै नेपालका कामदार केही हदसम्म राहत मिलेको छ ।साउदी अरबमा कोरोना संक्रमितको संख्या ५ लाख १२ हजार १ सय नाघेको छ भने संक्रमणका कारण हालसम्म ८ हजार १ सय बढीको मृत्यु भइसकेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *