अफगानिस्तानमा बाढीका कारण ६० भन्दा धेरैको मृत्यु, दर्जनौँ वेपत्ता र घाइते

 ग्लोवल टि.भी.      शुक्रबार, साउन १५, २०७८      0

अफगानिस्तानमा बाढीमा परि ६० जनाको ज्यान गएको छ । कयौँ हराइरहेका छन् । पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको कामदिश घाटीमा बाढी आएको बीबीसीले जनाएको छ । बाढीका कारण कयौँ घर भत्किएका छन् ।

विद्रोही समूह तालिबानको नियन्त्रणमा रहेको त्यो क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएकाले थप अरु जानकारी आएको छैन । बाढीमा हराएकाहरुको खोजी भइरहेको र विस्थापितलाई राहत वितरण गर्न अनुमति दिने तालिबानका प्रवक्ताले बताएका खबरमा उल्लेख गरिएको छ ।

दुर्गम भएका कारण बाढीग्रस्त क्षेत्रमा राहत सामग्री पुर्याउन चुनौती रहेको अफगानिस्तानका सरकारी अधिकारीहरुले बताएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *