बङ्गलादेशमा एकैदिन १५ हजार वढी सक्रमित थपिए

 ग्लोबल टिभि      शनिबार, साउन १६, २०७८      0

बङ्गलादेशमा हरेक दिन कोरोना संक्रमितहरुको संख्या बढ्दै गएको देखिएको छ ।

बङ्गलादेशका अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १५ हजारभन्दा बढी संक्रमित भेटिएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयले बङ्गलादेशमा २४ घन्टाको बीचमा यतिधेरै सङ्क्रमितहरु भेटिएको यो दोस्रोपटक भएको बताएको छ ।

यसअघि यहाँ जुलाई २८ मा एकै दिन १६ हजार जना संक्रमित भेटिएका थिए । त्यस दिन यहाँका २५८ जनाको यही संक्रमणबाट ज्यान पनि गएको थियो । त्यसैगरी शुक्रबार २३९ जनाको कोभिड संक्रमणकै कारण ज्यान पनि गएको छ । योसमेत गरी यहाँ २० हजार २५५ जनाको यो संक्रमणबाट ज्यान गएको पाइएको छ । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ अहिलेसम्ममा १२ लाख २६ हजार २५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

अधिकारीहरूका अनुसार यहाँ कोभिडका कारण मृत्यु हुने दर एकदशमलव ६,५ प्रतिशत रहेको छ । पछिल्लो महिना यहाँ देशव्यापी रूपमा लकडाउन गरिएको भए पनि कोरोना भाइरसको सक्रमण भने घटेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *