तालीवानीको कब्जामा अफगानिस्तानको मुख्य शहर सेवरगान

 ग्लोबल टिभि      आइतवार, साउन २४, २०७८      0

अफगानिस्तानमा तालीवान बिद्रोहीले मुख्य शहर सेवरगानलाई नियन्त्रणमा लिएका छन् । अफगानिस्तानको उत्तरी प्रान्त जोज्जानमा रहेको मुख्य शहर सेवरगान विद्रोहीको कब्जामा गएको हो ।

विद्रोहीको कब्जामा पुगेको यो दोस्रो प्रान्तीय शहर हो । त्यहाँको रक्षा मन्त्रालयका प्रवक्ताले भने सो शहरमा अझै पनि सरकारी सेना तैनाथ रहेको दाबी गर्दै विद्रोहीको कब्जाबाट शहर फिर्ता हुने बिश्वास ब्यक्त गरेका छन् ।

यसअघि विद्रोहीहरुले दक्षिण पश्चिम प्रान्त निम्रोवको जरान्ज शहर नियन्त्रणमा लिएका थिए । यस्तै उत्तरी भागमा रहेको कुन्दुज र लश्कर गाह शहर आफनो नियन्त्रण बाहिर गएपछी अफगान सेनाले हवाइ र स्थलगत आक्रमण गरेपछि त्यहाँ भिडन्त भइरहेको छ ।

भिडन्तमा दुबैतर्फ ठुलो मानवीय क्षती भएको बताईए पनि यकिन बिवरण आएको छैन । यसैबीच, अफगानिस्तानको हेलमन्द प्रान्तमा तालीवान बिद्रोही बिरुद्धको सरकारी कारबाहीमा मारिनेमा ३० जना पाकिस्तानी नागरिक रहेको खुलासा भएको छ ।

पाकिस्तानले अफगानिस्तानमा आफ्ना नागरिकहरुको संलग्नता अस्वीकार गरिरहेको बेला अफगानिस्तानको रक्षा मन्त्रालयले हेलमन्द प्रान्तमा मारिएका १ सय १२ जना विद्रोही मध्ये ३० जना पाकिस्तानी रहेको जनाएको हो ।

ती सबै अतिबादी समुह अलकायदासंग आबद्ध रहेको पनि जनाइएको छ । हवाई हमलामा ३१ जना बिद्रोही गम्भीर घाइते भएका छन् । पछिल्लो समय तालीवानीहरुले ग्रामीण इलाका नियन्त्रणमा लिंदै शहरतर्फ अघि बढेका छन् ।

बिगत २० बर्षदेखि अफगानिस्तानमा रहेका अमेरिकी नेतृत्वको अन्तराष्ट्रिय सेना फिर्ता भएदेखि विद्रोहीको आक्रमण तीव्र भएको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *