अफगान सरकारबाट तालिवानलाई सत्ता साझेदारको प्रस्ताव

तालिवानबाट अस्रफ घानीको सत्ताबहिर्गनको पहिलो शर्त

 ग्लोबल टिभि           0

अफ्गानिस्तानमा सरकारी वार्ता टोलीले तालिवानसँग सत्ता साझेदारीको प्रस्ताव गरेको छ ।आक्रमण अन्त्य गरी शान्ति स्थापनाका लागि सरकारले तालिवान समूहलाई सत्ता साझेदारीको प्रस्ताव गरेको स्रोतलाई उद्धृत गर्दै अन्तराष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

कतारमा रहेका सरकारी वार्ता टोलीका एक सदस्यले सत्ता सझोदारीको प्रस्तावबारे खुलासा गरेका हुन् । तालिवान विद्रोहीले भने स्थायी शान्ति स्थापनाको लागि अस्रफ घानी सत्ताबाट बाहिरिनुपर्ने बताउँदै आएको छ ।

यसैबिच, तालिवान विद्रोहीले मुख्य शहरहरु हेरात र घाज्नीमा कब्जा जमाएका छन् । रणनीति एवं सामरिक रुपले निकै महत्वपूर्ण मानिएका यी दुई शहर विद्रोहीको नियन्त्रणमा गएपछि राजधानी काबुल पनि विद्रोहीले कब्जामा लिने त्रास बढेको छ ।हिजो यी दुई शहरसँगै दुर्गम प्रान्तका अन्य केही शहरमा पनि विद्रोहीको पकड बढेको छ । अफ्गानिस्तानको दोस्रो ठूलो शहर कान्दाहारमा भिषण संघर्ष जारी छ ।

विज्ञहरुले यो शहर पनि छिट्टै विद्रोहीको नियन्त्रणमा जाने बताईरहेका छन् । अफ्गानिस्तानबाट अमेरिकी र गठबन्धन सेना बाहिरिनेक्रम सुरु भएसँगै तालिवान विद्रोहीले आक्रामक कारवाही सुरु गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *