काबुलमा तालिबानविरूद्ध महिलाहरूको प्रदर्शन

 ग्लोबल टिभि           0

अफगानिस्तान तालिबानले नियन्त्रणमा लिएसँगै कयौं अफगानीहरू देश छाड्दैछन्। तालिबानले उत्पीडन दिनसक्ने भन्दै उनीहरू देश छाडेर जाने प्रयासमा छन्।

त्यसैबीच केही महिलाहरूले काबुलमा प्रदर्शनमा गरेका छन्। यो प्रदर्शन सम्भवतः तालिबान आएपछिकै पहिलो भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।

काबुलस्थित एक सडकमा केही महिलाहरूले नारा लेखिएका कागजहरू बोकेर प्रदर्शन गरिरहेको देख्न सकिन्छ। त्यसरी प्रदर्शनमा आएका महिलाहरूको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

उनीहरू आफ्नो हक, अधिकार, सुरक्षा, काम गर्न पाउनुपर्ने, पढ्न पाउनुपर्ने र राजनीति लगायतमा सहभागी हुनपाउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका हुन्।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *