ग्लोबल टिभि
0
अष्ट्रेलियामा जारी लकडाउनको विरोधमा हजारौं नागरिक प्रदर्शनमा उत्रिएका छन् ।
सिड्नी र मेलवर्नका सडकमा प्रदर्शन गरेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झडपमा केही प्रहरी तथा प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनमा उत्रिएका सयौंलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । लकडाउनको नियम उल्लघंन गरेको भन्दै प्रहरीले उनीहरूलाई प्रदर्शनमा रोक लगाएको थियो ।
प्रहरीको आदेश अस्वीकार गर्नेलाई गिरफ्तार गरिएको छ । दैनिक संक्रमितको संख्या बढेसँगै अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बरसम्म लकडाउन लागू गर्ने निर्णय गरेको छ ।।
Post Views: 1,151
Leave a Reply