ग्लोबल टिभि
शनिबार, मंसिर २७, २०७७
0
अमेरिकाले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाभाररसविरोधी खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ। याे खोप ९५ प्रतिशत सफल मानिएको छ । खोपलाई अनुमति दिन एफडीएलाई ट्रम्प प्रशासनले दबाव दिएको बताइएको छ।
अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ९२ हजार मानिसको मृत्यु भइसकेको छ।स्वास्थ्यमन्त्री एलेक्स अजारले फाइजरसँग मिलेर सोमवार वा मङ्गलवाटबाट खोप कार्यक्रम शुरू गर्ने बताएका छन्।
फाइजरको खोपलाई यूके, क्यानडा, बहरेन र साउदी अरेबियामा अनुमति दिइसकिएको छ।गत बुधवार अमेरिकामा ३ हजार भन्दा बढीको काेराेनाका कारण मृत्यु भएको छ जुन संसारकै सबैभन्दा बढी दैनिक मृत्यु सङ्ख्या हो।
Post Views: 1,748
Leave a Reply