ग्लोवल टि.भी.
मङ्लबार, भदौ २९, २०७८
0

अफ्रिकी मुलुक नाइजेरियाको एक कारागारमा बन्दुकधारीको समुहले आक्रमण गरी २ सय ४० कैदी भगाएका छन् ।
नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रको कोगी राज्यमा रहेको कारगारमा हतियार सहित प्रवेश गरेका बन्दुकधारीको समुहले २ सय ४० कैदी भगाएको अन्तर्राष्ट्रियसंचार माध्यमहरुले जनाएका छन् । यसक्रममा कारागारको सुरक्षामा खटिएका सुरक्षाकर्मी र हतियारधारी समुहबीच दोहोरो भिडन्त भएको थियो ।
२९४ जना कैदी बन्दी रहेको सो कारागारका ५४ कैदी भने कारागारमै रहेका छन् । यसैबीच नाइजेरियाली सरकारले फरार भएका कैदीहरुलाई तत्काल कारागार फर्कन आदेश जारी गर्दै उनीहरुको बारेमा जानकारी दिन सर्वसाधारणलाई अपील गरेको छ । घटनामा केही सुरक्षाकर्मी घाइते भएका छन् । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।
Post Views: 332

Leave a Reply