राष्ट्रपति बाइडेनद्वारा जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई ह्वाइट हाउसमा स्वागत

 ग्लोबल टिभि      मङ्लबार, भदौ २९, २०७८      0

अमेरिकी राष्ट्रपति जो बाइडेनले जापान, अष्ट्रेलिया र भारतका प्रधानमन्त्रीहरूलाई ह्वाइट हाउसमा स्वागत गरेका छन्।

आउँदो सेप्टेम्बर २४ मा बाइडेनले अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन, जापानका सुगा योसिहिदे र भारतका नरेन्द्र मोदीलाई ह्वाइट हाउसमा भेट्न लागेको व्हाइट हाउसले जनाएको छ । अमेरिका, अष्ट्रेलिया, जापान र भारतले एसिया–प्रशान्त क्षेत्रमा सुरक्षासहित अन्य विषयमा सहकार्य गर्न बनाएको क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डायलगका लागि ४ नेताहरु भेटुन लागेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

क्वाडलेसाउथ चाइना सी, दक्षिण पूर्वी एसियालगायतका क्षेत्रमा चीनको प्रभाव रोक्न काम गर्ने बताइन्छ क्वाडका नेताहरूबीचको सबन्धलाई अझ गहिरो बनाउने, कोरोना नियन्त्रण, जलवायु परिवर्तन, नयाँ प्रविधिमा सहकार्य र खुला र स्वतन्त्र एसिया प्रशान्त क्षेत्र बनाउने विषयमा केन्द्रित भएर छलफल हुने छ । क्वाडका नेताहरू पटक भौतिक रूपमा नै भेट्न लागेका हुन्। यसअघि गत मार्चमा क्वाडको भर्चुअल सम्मेलन भएको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *