ग्लोबल टिभि
शुक्रबार, अशोज १, २०७८
0
ठूलो वर्षाका कारण भारतको उत्तर प्रदेशको जनजीवन प्रभावित भएको छ । केहीदिनदेखि परेको ठूलो वर्षाका कारण उत्तर प्रदेशमा १५ जनाको ज्यान जानुका साथै केही बेपत्ता भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको मौसम विज्ञान विभागले आज र भोलि पनि ठूलो वर्षाको सम्भावना भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।
साथै उत्तर प्रदेश सरकारले आज र भोलि दुई दिन प्रदेशका सबै स्कुल कलेज बन्द गर्न भनेको छ । लगातार पानी परिरहेकाले जोखिमलाई मध्यनजर गर्दै आज र भोलि दुई दिन स्कुल बन्द गरिएको हो । कतिपय जिल्लामा हिजो एकैदिन एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । रायबरेली, लखनउ, सुल्तानपुर र अयोध्यामा हिजो एक सय मिलिमिटर भन्दा धेरै पानी परेको छ ।
Post Views: 576
Leave a Reply