यमनको विद्रोही हुथीद्वारा सर्वोच्च नेताको हत्यामा संलग्न ९ जनालाई मृत्युदण्ड

 ग्लोबल टिभि      आइतवार, अशोज ३, २०७८      0

यमनको विद्रोही हुथी समूहले आफ्ना सर्वोच्च नेताको हत्यामा संलग्न ९ जनालाई मृत्युदण्ड दिएको छ ।

तीन बर्ष पहिले हुथी समूूहको सर्वोच्च राजनीतिक परिषद्का प्रमुख सालेह अल–सामदको हत्या प्रकरणमा संलग्न रहेको भन्दै ९ जनालाई मृत्युदण्ड दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । राजधानी सानाको एक चोकमा गोली प्रहार गरी उनीहरुलाई मृत्युदण्ड दिइएको हो ।

हुथी समूहको एक अदालतले दोषी ठहर गरेका १६ जनामध्ये ९ जनालाई मृत्युदण्ड दिइएको हो । हुथी अदालतले साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान र अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य सात जनालाई मृत्युदण्डको सजाय सुनाएको बताइएको छ ।

सन् २०१८ को अप्रिलमा यमनकोे पश्चिमी प्रान्त होडैडामा भएको हवाई हमलामा समादसहित अन्य छ जनाको मृत्यु भएको थियो । साउदी अरबले उक्त हवाई हमला आफूले गरेको पुष्टि गरेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *