क्यानडा चुनाव : लिबरल पार्टी पहिलो दल बने पनि बहुमत प्राप्त गर्न असफल

 ग्लोबल टिभि      मङ्लबार, अशोज ५, २०७८      0

क्यानडाको संसदीय चुनावमा प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टी पहिलो दल बने पनि बहुमत प्राप्त गर्न असफल भएको छ ।
ट्रुडोले बहुमत प्राप्त गर्ने उद्देश्यसहित ‘अर्ली इलेक्सन’ गरे पनि बहुमत प्राप्त गर्न असफल भएका हुन् ।ट्रुडोको पार्टीले १५७ सिटमा अग्रता लिएको वा निर्वाचित भएको छ ।

दुई वर्षअघिको चुनावमा पनि यत्ति नै सिट जितेको थियो । बहुमत प्राप्त गर्न ३३८ सदस्यीय संसद्मा १७० सिट आवश्यक पर्छ । लिबरल पार्टीले बहुमतको लागि कम्तीमा १३ सिट पाउन सकेन ।

विपक्षी दलले ट्रुडोले आफ्नो व्यक्तिगत महत्वाकांक्षाको लागि नियमित चुनाव हुनु दुई वर्षअघि नै अनावश्यक चुनाव गरेको भनी आरोप लगाएका थिए ।दोस्रो ठूलो दल कन्जर्भेटिभ पार्टीले १२१ सिटमा अग्रता लिएको वा निर्वाचित भएको छ । २०१९ को चुनावमा पनि सो पार्टीले त्यत्ति नै सिट जितेको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *