चन्द्रमाबाट नमुना लिएर फर्कियो चिनियाँ यान

 ग्लोवल टि.भी.      बिहिबार, पुस २, २०७७      0

चिनियाँ यानले चन्द्रमाको सतहबाट नमूना लिएर फर्किएको छ। ग्लोबल टाइम्सका अनुसार चाङ ई(५ नामक यानले चन्द्रमाको सतहबाट दुईदेखि चार किलोसम्मको ढुंगा(माटोको नमूना लिएर फर्किएको हो। उक्त यान उत्तर चीनको सिजिवाङ ब्यानर भन्ने ठाउँमा अवतरण गरेको हो।

यान स्थानीय समय अनुसार बिहीबार बिहान २ बजे अवतरण भएको हो। चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले यानको सुरक्षित अवतरणसँगै चन्द्रमाबाट पहिलोपटक नमूना ल्याउने लक्ष्य पूरा भएको बताएको छ ।

यान पृथ्वीमा फर्किंदा जमिनभन्दा १० किलोमिटर माथिबाटै प्यारासुट खुलेको थियो। योसँगै चन्द्रमाबाट पृथ्वीमा नमूना ल्याउने चीन तेस्रो राष्ट्र बनेको छ । यसअघि अमेरिका र सोभियत युनियनले पनि चन्द्रमाबाट नमूना ल्याइसकेका छन्।

चाङ ई ५ गत नोभेम्बरको अन्तिममा प्रक्षेपण गरेको थियो।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *