इक्वेडरको जेलमा भएको झडपमा सय बढिको मृत्यु, ५० बढी कैदीहरु घाइते

 ग्लोबल टिभि      बिहिबार, अशोज १४, २०७८      0

इक्वेडरको एउटा जेलमा भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघेको छ ।

इक्वेडरको गुवायान्छिल जेलमा २ विरोधी समूहबीच भएको झडपमा मृत्यु हुनेको संख्या एक सय नाघेकाअन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । कैदीहरुबीच जेलभित्रै ग्रिनेड हानाहान समेत भएको बताइएको छ । लागू पदार्थ तस्करहरुलाई राखिएको उक्त जेललाई नियन्त्रणमा लिन ४ सय बढी सुरक्षाकर्मी खटाउनु परेको छ ।

इक्वेडरमा लागूपदार्थ संजाल चलाउने मेक्सिीको समूहको आदेशमा उक्त झडप भएको आशंका गरिएको छ । जेलमा रहेका समूहहरुबीच गोली र बम हानाहान भएको अधिकारीहरुले बताएका छन् ।

जेलभित्र कसको हैकम चलाउने भन्ने विवादका कारण झडप भएको हो । घटनामा ५० बढी कैदीहरु घाइते भएको जनाइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *