चक्रवातका कारण भारतको महाराष्ट्रमा १२ जनाको मृत्यु, यातायातका सेवा ठप्प

 ग्लोवल टि.भी.      बिहिबार, अशोज १४, २०७८      0

गुलाब नामक चक्रवातका कारण भारतको महाराष्ट्रको जनजीवन प्रभावित भएको छ ।

महाराष्ट्रको कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ । त्यहाँ दुई दिनमा १२ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अहिले महाराष्ट्रको पालघर र मुम्बईमा चक्रवातको प्रभाव धेरै परेको छ । मुम्बई अहमदाबादको राष्ट्रिय राजमार्गमा बाढीका कारण यातायातका सेवा ठप्प भएको छ ।

चक्रवातको गति प्रतिघण्टा ९५ किलोमिटर रहेको भारतीय मौसम विज्ञान विभागले जनाएको छ । चक्रवातका कारण यसअगाडि ओडिसा, मध्यप्रदेश, छत्तिसगढ, तथा आन्ध्रप्रदेशमा जनधनको नोक्सानी भएको थियो ।प्रभावित राज्यका मानिसलाई नदी किनार, नहर तथा समुद्री किनारमा नजान चेतावनी दिइएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *