उत्तर कोरियाले गर्‍यो फेरि अर्को मिसाइल परीक्षण

 ग्लोबल टिभि      शुक्रबार, अशोज १५, २०७८      0

एजेन्सी- केही दिन अगाडी मिसाइल परीक्षण गरेको उत्तर कोरियाले फेरि अर्को नयाँ मिसाइल परीक्षण गरेको छ ।

उत्तर कोरियाले एन्टी–एयरक्राफ्ट नामक नयाँ मिसाइल परीक्षण गरेको बीबीसीले जनाएको छ । यो सँगै उत्तर कोरियाले एक महिनामा चार पटक मिसाइल परीक्षण गरिसकेको छ ।

उत्तर कोरियाले केही दिन अगाडी पनि हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाए पनि उसले चुनौती दिँदै यी कामहरु निरन्तर रुपमा गर्दै आएको छ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले मिसाइल परीक्षणले अस्थिरता र असुरक्षा बढाएको बताएका छन् भने उ​त्तर कोरियाले भने आत्मरक्षाका लागि हतियार आवश्यक भएको जनाएको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *