ईथियोपियाबाट राष्ट्रसंघका ७ जना उच्च अधिकारीलाई देश निकाला

 ग्लोवल टि.भी.      शुक्रबार, अशोज १५, २०७८      0

अफ्रिकी मुलुक ईथियोपियाले आफ्नो देशमा कार्यरत संयुक्त राष्ट्रसंघका ७ जना उच्च अधिकारीलाई देश निकाला गरेको छ ।

इथियोपियाको आन्तरिक मामिलामा हस्तक्षेप गरेको तथा विचौलिया बन्न खोजेको आरोपसहित उनीहरुलाई देश निकाला गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । इथियोपिया सरकारले राष्ट्रसंघका ७ जना उच्च अधिकारीलाई ७२ घण्टाभित्र देश छाड्न उनीहरुलाई आदेश दिएको छ । इथियोपियाको द्धन्द्धग्रस्त टिग्रे क्षेत्रमा मानवीय संकट रहेको विषयमा राष्ट्रसंघका अधिकारीहरुले बारम्बार आवाज उठाईरहेका थिए ।

राष्ट्रसंघका अधिकारीहरुले आफ्नो देशको आन्तरिक मालिमामा चाहिने भन्दा बढी प्रचारवाजी गरेको तथा केही गम्भिर विषयमा समेत हस्तक्षेप गर्न खोजेको इथियोपियाको विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तीमा भनिएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भने आफ्नो उच्च अधिकारीहरु इथियोपियाबाट निष्काशनप्रति अचम्मित भएको प्रतिक्रिया दिएका छन् ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *