आफ्नो हवाई क्षेत्रमा चीनका ३८ वटा सैनिक जहाज प्रवेश गरेको ताइवानको दाबी

 ग्लोवल टि.भी.      शनिबार, अशोज १६, २०७८      0

एजेन्सी-  ताइवानले आफ्नो हवाई क्षेत्रमा चीनका ३८ वटा सैनिक जहाज प्रवेश गरेको दाबी गरेको छ।

आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेर चीनले सैनिक विमान उडाएको यो अहिलेसम्मकै ठूलो घटना भएको ताइवानले जनाएको छ ।

ताइवानको रक्षा मन्त्रालयले दुई चरणमा परमाणु क्षमतायुक्त बम र जहाजसहितका चिनियाँ विमानहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको बताएको छ ।

यस्तै चिनियाँ जहाजहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि ताइवानले आफ्ना विमान उडाउनुका साथै मिसाइल प्रणाली पनि तैनाथ गरेको बीबीसीले जनाएको छ ।

यसबारे चीन सरकारले भने कुनै सार्वजनिक टिप्पणी गरेको छैन।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको भएपनि ताइवान भने आफू स्वतन्त्र सार्वभौम देश रहेको बताउँदै आएको छ ।

ताइवानले विगत एक वर्षयता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *