ग्लोबल टिभि
0
काठमाडौं । सौर्यमण्डलमा आज एक दुर्लभ संयोग हुँदैछ । खगोलविदहरुका अनुसार आज सौर्यमण्डलका दुई ग्रह बृहस्पति र शनि पृथ्वीबाट सबैभन्दा नजिकको दूरीमा देखिनेछन् ।
८ सय वर्ष पछि हुन लागेको यो दुर्लभ संयोगलाई पृथ्वीबाट सहजै देख्न सकिने र नांगो आँखाले समेत हेर्न मिल्ने खगोलविदहरुले जनाएका छन् ।आज सूर्यास्तपछि दक्षिणतिरको आकाशमा बृहस्पति र शनिलाई मुलुकका जुनसुकै ठाउँबाट देख्न सकिने उनीहरुको भनाइ छ ।
सन् १६२३ मा पनि बृहस्पति र शनि यस्तै नजिकको दूरीमा आएका थिए । तर त्यतीबेला भने पृथ्वीबाट हेर्न मिल्ने अवस्था थिएन । अब यस्तो घटना कम्तिमा ६० बर्षसम्म नहुने र सन् २०८० अगाडि यस्तो संयोजन हेर्न नपाइने नासाले जनाएको छ ।
Post Views: 1,333
Leave a Reply