अफ्रिकाकै ठूलो कंगो नदीमा डुंगा पल्टिँदा ५१ को मृत्यु, ६९ बेपत्ता

 ग्लोवल टि.भी.      शनिबार, अशोज २३, २०७८      0

कंगोको नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६९ जना हराइरहेका छन् ।

दुर्घटनापछि ३९ जनाको जीवीतै उद्वार गरिएको अधिकारीहरुले बताएका छन् । मोंगला प्रान्तका अधिकारीहरुका अनुसार क्षमताभन्दा धेरै यात्रु भएकाले डुंगा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

अफ्रिकाकै ठूलोमध्येको एक कंगो नदीमा शनिबार उक्त दुर्घटना भएको हो । दुर्घटनाबारे पूर्ण विवरण आइसकेको छैन ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *