जर्मनी बन्यो विश्वकपका लागि छनोट हुने पहिलो टिम

 ग्लोवल टि.भी.      मङ्लबार, अशोज २६, २०७८      0

काठमाडौं- कतारमा हुने २०२२ मा फिफा विश्वकपमा युरोपियन राष्ट्र जर्मनी छनोट भएको छ ।

यो संगै जर्मनी विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ ।

गएराति युरोपियन क्षेत्रको छनोट अन्तर्गत भएको खेलमा जर्मनीले नर्थ मेसेडोनियालाई ४(० पराजित गरेर विश्वकपमा छनोट भएको हो । जर्मनी २० औं पटक विश्वकपमा छनोट भएको हो ।

जर्मनीका लागि टिमो वर्नरले दुई तथा काई हाभार्ट र जमल मुसिएलाले एकरएक गोल गरे । समूह जे मा जर्मनीको ८ खेलबाट २१ अंक भएपछि समूह विजेता बन्ने पक्का भएको हो ।

समान खेलबाट दोस्रो स्थानको रोमानियाको १३ अंक छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *