कोरोना महामारी अझै एक वर्ष रहने डब्लुएचओको चेतावनी

 ग्लोबल टिभि      बिहिबार, कार्तिक ४, २०७८      0

कोरोना महामारी अझै एक वर्ष रहने विश्व स्वास्थ्य संगठनको चेतावनी, खोपको असमान वितरण नैं नियन्त्रणको मुख्य चुनौती ।।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाभाइरसको महामारी अझै कम्तिमा एक वर्ष रहने चेतावनी दिएको छ ।

संगठनका वरिष्ठ अधिकारी डाक्टर ब्रुस आयलवार्डले कोरोना महामारी आशा गरिएको समयभन्दा निकै ढिलोसम्म रहीरहने चेतावनी दिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । विश्वमा कोरोना विरुद्धको खोपको असमान वितरण नैं महामारी नियन्त्रणको मुख्य चुनौती बनेको आयलवाडको तर्क छ ।

डब्लुएचओका अनुसार अफ्रिकी महादेशमा अहिले ५ प्रतिशतले मात्रै कोरोना विरुद्धको खोप पाएका छन् । जबकी अन्य महादेशमा यो संख्या कम्तिमा ४० प्रतिशत माथि छ । खोपको असमान वितरणकै कारण कोरोना महामारी सन् २०२२ सम्मपनि रहने आकलन गरिएको हो । विश्वका सम्पन्न तथा खोप उत्पादनमा अगाडी रहेका मुलुकहरुले गरिब देशहरुमा खोपको आपुर्ती नबढाउने हो भने कोरोना भाइरसमाथि जित हात पार्न नसकिने डब्लुएचओको ठम्याई छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *