चीनमा ४० लाख जनसङ्ख्या भएको एक सहरमा फेरि लकडाउन

 ग्लोवल टि.भी.      मङ्लबार, कार्तिक ९, २०७८      0

चीनमा ४० लाख जनसङ्ख्या भएको एक सहरमा आज मङ्गलवारदेखि पूर्णरूपमा लकडाउन लागू गरिएको छ ।

सहरमा कोरोना बढ्दो सङ्क्रमणपछि यो कदम उठाइएको हो । मानिसहरूलाई अति आवश्यक पर्दा मात्र बाहिर निस्किन भनिएको छ । यद्यपि चीनमा कोरोना सङ्क्रमण दर निकै कम छ तर गांसु प्रान्तको राजधानी लानजुमा लकडाउन लागू गरिएको हो ।

सोमवार चीनमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा लानजुमा मात्र ६ जनामा सङ्क्रमण देखिएको थियो । यसअघि पनि उत्तरी चीनमा हजारौँ मानिसहरूलाई घरमै रहन कडा आदेश दिइसकिएको छ । चीनमा कोरोनाको अहिलेको सङ्क्रमण डेल्टा भेरिएन्टसँग जोडेर हेरिएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार परीक्षण दर बढेसँगै सङ्क्रमित हुने मानिसको सङ्ख्या पनि बढ्न सक्छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *