अब एमसीसी नेपालको हातमा छ

 ग्लोबल टिभि      सोमवार, कार्तिक १५, २०७८      0

काठमाडौं,कार्तिक,१५गते । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सम्झौता अगाडि बढाउने–नबढाउने नेपालको हातमा रहेको बताएको छ ।

आइतबार एक वक्तव्य जारी गर्दै केही पहिले भएको नेपाल भ्रमणका क्रममा आफ्ना अधिकारीहरुले एमसीसी सम्झौताबारे स्पष्टीकरण दिएको र सरकारले पनि सम्झौतालाई अघि बढाउने प्रतिबद्धता जनाएको बताएको छ ।

तर संसदले यसलाई अनुमोदन नगर्दा लाखौं नेपाली लाभ लिनबाट वञ्चित भएको भन्दै एमसीसीले भनेको छ, ‘एमसीसी सम्झौता अनुमोदनमा ढिलाइ हुँदा ५०० मिलियन डलरको अनुदान सहायता र २ करोड ३० लाख नेपाली जनताको भरपर्दो विद्युत र सुरक्षित सडकको सुविधालाई जोखिममा पारेको छ ।’

एमसीसीले अघि भनेको छ, ‘सम्झौतालाई अघि बढाउने–नबढाउने निर्णय अब नेपालको हातमा छ ।’

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *