कोरोना संक्रमण रुसमा एकैदिन ३९ हजारलाई

 ग्लोबल टिभि      सोमवार, कार्तिक २२, २०७८      0
THis is caption

एजेन्सी,कार्तिक२२गते । रुसमा गएको २४ घण्टामा ३९ हजार बढी नागरिकमा कोरोनाको संक्रमण देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन ।
साथै यो अवधिमा यहाँ ११ सय ७९ जनाको ज्यान गएको छ । सरकारी तथ्यांकअनुसार करिब ८८ लाख मानिसमा यस्तो संक्रमण देखिएको छ । रुसमा अहिलेसम्म २ लाख ४६ हजार ८ जनाको ज्यान गएको छ ।
रुसमा कोरोना भाइरसबाट हुने मृत्युदर २ दशमलव ८१ प्रतिशत रहेको समाचारमा जनाइएको छ । राजधानी मस्को सहरमा पछिल्लो २४ घण्टामा करिब पाँच हजार जनामा सङ्क्रमण देखिएको छ ।
यसैगरी जापानमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार आइतबार कोभिड–१९ संक्रमणको कारण मृत्यु हुनेको संख्या शून्यमा पुगेको हो ।
सन २०२० पछि पहिलोपटक जापानमा कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको हो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *