इरानी महिला गोलकिपर पुरुष भएको भन्दै लिङ्ग जाँच गर्न जोर्डनको माग

 ग्लोबल टिभि      बिहिबार, मंसिर २, २०७८      0

इरानको राष्ट्रिय महिला फुटबल टिमको गोलकिपरमा पुरूष खेलाडी खेलाइएको भन्दै जोर्डनले खेलाडीको लिङ्ग जाँच गर्न माग गरेको छ । इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले लिङ्ग जाँचको माग गरेको हो ।

गत सेप्टेम्बर २५ मा इरानले जोर्डनलाई पोनाल्टी सुटआउटमा ४–२ ले हराउँदा कोउदाईले दुई पेनाल्टी रोकेकी थिइन्। जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन अल हुसैनले इरानले महिला टिममा पुरूष गोलकिपर खेलाएको भन्दै एसियाली फुटबल महासंघ (एएफसी) सँग उनको लिङ्गको पुष्टि गर्न माग गरेका हुन् ।

३२ वर्षीया जोरेह कोउदाईले आफु महिला नै भएको भन्दै यस विषयमा जोर्डनको फुटबल संघविरुद्ध मुद्दा हाल्ने बताएकी छन् ।

इरानी टोलीकी प्रशिक्षक मारयान इरानदूस्तले भने जोर्डनले हार स्वीकार गर्न नसकेको कारण बहाना खोजिरहेको बताइन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *