जापानमा शक्तिशाली ज्वालामुखी विष्फोट

 ग्लोवल टि.भी.      सोमवार, पुस १३, २०७७      0

जापानको खागोशिमामा फेरि एउटा शक्तिशाली ज्वालामुखी बिस्फोट भएको छ ।

जापानको खागोशिमा प्रिफेक्चरको दक्षिण पश्चिमी टापुमा सोमबार बिहान ज्वालामुखी विस्फोट भएको हो । जापान मौसम विज्ञान एजेन्सीका अनुसार विस्फोट बिहान २ बजेर ४८ मिनेटमा सुवानोसेजिमा टापुमा भएको हो ।

एजेन्सीले ज्वालामुखी विस्फोटको सतर्कता चेतावनीलाई अधिकतम ५ मध्ये तेस्रो स्तरमा राखेको जनाएको छ । स्थानीय सञ्चारमाध्यमहरु अनुसार बिस्फोटबाट ज्वालामुखीमा जलेका ठूला चट्टानहरु करिब दुई किलोमिटर टाढासम्म पुगेका थिए ।

उक्त टापुमा आवासीय क्षेत्र समेत छ । उक्त क्षेत्र विस्फोट भएको स्थानभन्दा ४ किलोमिटर टाढा मात्रै छ । स्थानीय अधिकारीहरूका अनुसार उक्त टापुमा ८१ जना बासिन्दा रहेका थिए ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *