फिफा अवार्डको मनोनयन सार्वजनिक

 ग्लोवल टि.भी.      मङ्लबार, मंसिर ७, २०७८      0

विश्व फुटबल महासंघले सन् २०२१ को ‘फिफा द बेस्ट अवार्ड’को मनोनयन सार्वजनिक गरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सोमबार बर्षको उत्कृष्ट पुरुष खेलाडी, महिला खेलाडी, प्रशिक्षक र गोलरक्षकको मनोनयन सार्वजनिक गरेको हो ।

अवार्डका लागि प्रत्येक विधामा ११ जना मनोनयनमा परेका छन् ।यो अवार्डको सबैभन्दा मत्वपूर्ण वर्ष पुरुष खेलाडीका लागि स्टार खेलाडीहरु मनोनयनमा परेका छन्।

जसमा गत वर्षका विजेता रोबर्ट लेवान्डोस्कीदेखि क्रिस्टियानो रोनाल्डो, लियोनल मेसी र करिम बेन्जिमासम्म छन् ।

मनोनयनमा लेवान्डोस्की, रोनाल्डो, मेस्सी, बेन्जिमासँगै केभिन डे ब्रुएन, अर्लिङ हालान्ड, जर्गिन्हो, एन’गोलो कान्टे, किलियन एमबाप्पे, नेयमार र मोहम्मद सालाह छन् ।

उत्कृष्ट प्रशिक्षकको मनोनयनमा एन्टोनियो कोन्टे, हान्सी फ्लिक, पेप ग्वार्डिओला, रोवर्टो मान्चिनी, लिओनल स्कोलानी, डिइएगो सिमिओनी र थोमस टुचेल परेका छन् ।

उत्कृष्ट गोलकिपरको अवार्डका लागि लिभरपुलका एलिसन बेकर, पिएसजीका जियानलुइजी डोनारुमा, चेल्सीका इडवार्ड मेन्डी, बायर्न म्युनिखका इमानुअल नुयर र लेस्टर सिटीका कास्पर स्माइकल छन्।

फिफाले सदस्य राष्ट्रको कप्तान, प्रशिक्षक, खेल पत्रकार र समर्थकको भोटका आधारमा फिफा वर्ष खेलाडी घोषणा गर्ने गर्छ । फिफाले विजेताको नाम १७ जनवरीमा घोषणा गर्नेछ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *