सोमालियाको राजधानीमा विष्फोट, कयौंको मृत्यु

 ग्लोवल टि.भी.      बिहिबार, मंसिर ९, २०७८      0

सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान भएको विष्फोटमा परी कैयौं व्यक्तिको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको प्रहरी र प्रत्यक्षदर्शीले बताएका छन् ।

सिन्ह्वासँग कुराकानी गर्दै एक प्रहरी अधिकारीले मोगादिसुको जंक्शन नजिकै भएको विष्फोटमा धेरै हताहत भएको बताएका छन् ।

प्रहरीका अनुसार उक्त घटनामा विद्यार्थी सहित थुप्रै व्यक्ति हताहत भएको र घटनाको विस्तृत विवरण पछि दिइने जनाइएको छ ।

त्यसैगरी प्रत्यक्षदर्शीहरुले होडान जिल्लामा ठूलो विष्फोटको आवाज सुनेको र केही भवनहरूमा क्षति पुगेको बताएका छन् । आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *