काठमाडौं,मङ्सिर १८गते । एकातिर कोरोना भाइरसको नयाँ रुप ओमिक्रोनले ढोका ढकढक्याउन थालेको छ, अर्कोतिर नेपालमा मौज्दात र आउने खोप भण्डारण गर्ने पूर्वाधारको कमी छ । पहिलो वा दोस्रो चरणको खोप अभियानसमेत तीव्र बनाउन नसकेको सरकारले ‘बुस्टर’ डोजको कुनै कार्यक्रम बनाएको छैन ।
जबकि तीन चरणका खोप लगाउन सकिने गरी खोपको व्यवस्था भएको सरकारी अधिकारीहरुको भनाइ छ । हालसम्म मुलुकमा २ करोड ७१ लाख ६८ हजार मात्रा खोप भित्रिएको छ । शुक्रबारसम्म एक करोड ८८ लाख ६२ हजार खोप उपयोग भएको छ । यसरी ८३ लाख ६ हजार खोप विभिन्न भण्डारणमा छ । तयस्तै अहिलेदेखि आगामी चैत मध्यसम्म क्रमशस् आउने गरी थप तीन करोड मध्यसम्म क्रमश आउने गरी थप तीन करोड ५६ लाख खोप सुनिश्चित भएको छ ।
‘अब पाइपलाइनमा रहेअनुसार सन् २०२२ को पहिलो तीन महिनामा ३ करोड ५६ लाख ९१ हजार खोप आउनेछ,’ स्वास्थय मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी भन्छन् । यसरी मन्त्रालयको तथ्यांकअनुसार पनि अहिले मौज्दात रहेको र आउने गरी बैशाखभित्र नेपालसँग चार करोड ३९ लाख मात्रा खोप हुनेछ ।
पछिल्लो एक साताको हिसाब गर्दा देशभर औसत एक लाख ४८ हजार डोज खोप खपत भइरहेको छ । यो हिसाबले नेपालसँग उपलब्ध हुने खोप खपत हुन ९ महिना लाग्नेछ । अहिलेकै गतिमा खोप लगाउँदा चैत मध्यसम्म आइपुग्ने खोप उपयोग गर्न नेपाललाई भदौसम्म लाग्नेछ । त्यसमाथि ओमिक्रोनजस्ता ‘भेरिएन्ट’ को लहर त्योभन्दा अघि नै आइसक्ने जोखिम छ ।
कोभिडविरुद्धको खोप अभियान सुरु भएको ९ महिना भइसकेको छ । तर विज्ञहरूका अनुसार दोस्रो खोप लगाएको ६ महिना कटेका व्यक्तिहरूमा खोपको प्रभाव देखिएको छैन । त्यसैले महामारीबाट नागरिकलाई सुरक्षित गर्न ‘बुस्टर डोज’ अनिवार्य भएको छ । पहिलो वा दोस्रो खोप लगाउन बाँकी सबैलाई खोप लगाएर पनि ‘बुस्टर डोज’ लगाउने मात्र नेपालसँग पर्याप्त हुने अधिकारीहरूको भनाइ छ ।
Leave a Reply