हार स्वीकार्न नसकेका ट्रम्पले गराए संसद भवनमै आक्रमण ,४ जनाको मृत्यु

 ग्लोबल टिभि      बिहिबार, पुस २३, २०७७      0

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले बुधबार संसद भवनमा गरेको हिंसाको विश्वभरिका नेताहरूले भत्सर्ना गरेका छन्।

निर्वाचनमा भएको पराजय स्वीकार्न नसकेर बहालवाला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुले अमेरिकी प्रजातन्त्रको मन्दिर मान्ने गरेको संसद भवन क्यापिट हिलमै आक्रमण गराए।

डोनाल्ड ट्रम्पले बुधबार वासिङ्टनस्थित संसद भवनमा फैलाएको हिंसामा परी चार जनाको मृत्यु भएको छ।
मेट्रो डिसी प्रहरीले १ जना महिलाको गोली लागेर र अरू तीन जना (एक महिला र दुई पुरूष) को अन्य स्वास्थ्य समस्याका कारण मृत्यु भएको जनाएको छ।

अहिलेसम्म सुरक्षाकर्मीले ५२ जनालाई पक्राउ गरेका छन्। तीमध्ये ४७ जनालाई कर्फ्यू उल्लंघनको आरोपमा समातिएको हो।

जसको सर्वत्र निन्दा र भर्त्सना शुरु भएको छ । राष्ट्रपति निर्वाचित जो बाइडनदेखि वर्तमान उपराष्ट्रपति माइक पेन्स, रिपब्लिकन सिनेटरहरुसम्मले यस हर्कतको निन्दा गरेका छन् ।

राष्ट्रपति निर्वाचित बाइडनले यस आक्रमणलाई विद्राहको संज्ञा दिँदै तत्काल आफ्ना समर्थकलाई नियन्त्रण गर्न ट्रम्पसँग आग्रह गर्दै भने, ‘यो कुनै विरोध होइन । यो एउटा विद्रोह हो । डोनल्ड ट्रम्प अघि बढुन् र राष्ट्रिय टेलिभिजनमा आएर यो घेरबन्दीलाई समाप्त पार्ने माग गरुन् ।’

राष्ट्रलाई सम्बोधन गर्दै उनले ट्रम्प समर्थक भिडलाई ‘पछि हट्न र लोकतन्त्रिक कार्यलाई अघि बढाउन दिन’ आग्रह गर्दै यो ‘अति भएको’ टिप्पणी गरे ।

क्यापिटल भवनमा केही व्यक्तिले जे गरे ती कानुन अवज्ञा गर्ने अतिवादी मानिस भएको र यो देशद्रोह हो, उनको निचोड थियो ।

उपराष्ट्रपति माइक पेन्सले यो हिंसा खप्न नसकिने भन्दै जो जो संलग्न छन् तिनलाई सख्त कार्वाह्ी गरिने चेतावनी दिँदै भने, ‘क्यापिटलमा भएको यो हमलालाई खप्न सकिदैँन र त्यसमा जो सामेल छन् उनीहरूलाई कडाभन्दा कडा कानुनी सजायँ दिइनेछ ।’

सिनेटर चक शूमरले यस घटनालाई एक अन्तिम, भयानक र अमिट विरासतको संज्ञा दिँदै भनेका छन् , ‘६ जनवरीलाई अब हामी अमेरिकी इतिहासको सबैभन्दा बदनामीका रुपमा चिनिने सूचीमा जोड्न सक्छौं ।’

प्रजातन्त्रका लागि पवित्र यस मन्दिरमा रहेका निर्वाचित प्रतिनिधिहरु आफ्नो ज्यान जोगाउनकै लागि भागम्भाग गरिरहेको दृश्य संसारले देख्नपर्नेु गम्भीर लज्जाको विषय भएको बताएका छन्।

यो अमेरिकालाई एक धब्बा भएको भन्दै शूमरले यो त्यति सजिलै धुन नसकिने र ४५औं अमेरिकी राष्ट्रपतिको एक अन्तिम, भयानक, अमिट विरासत पक्कै पनि हामी सबैका लागि खराब भएको टिप्पणी गरेका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *