भारतद्वारा ७० रनको अग्रता

 ग्लोबल टिभि      बिहिबार, पुस २९, २०७८      0

पुस २९
भारतले दक्षिण अफ्रिकासँगको तेस्रो तथा निर्णायक टेस्ट क्रिकेटमा ७० रनको अग्रता बनाएको छ । तीव्र गतिका बलर जस्प्रित बुमराहको उत्कृष्ट बलिङमा भारतले दोस्रो दिनको समाप्तिमा दुई विकेट गुमाएर ५७ रन जोडेको छ । भारतका कप्तान विराट कोहली १४ र चेतेश्वर पुजारा ९ रनमा अविजित छन् । पहिलो पारीमा भारतले १३ रनको सामान्य अग्रता लिएको थियो । मयंक अग्रवाल ७ रनमा र लोकेश राहुल १० रनमा आउट भए । घरेल टोली दक्षिण अफ्रिका पहिलो पारीमा २ सय १० रनमा अलआउट भएपछि १३ रनले पछि परेको थियो । दक्षिण अफ्रिकाका किगन पिटरसनले ७२ रनको योगदान दिए । अन्य कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । त्यसअघि पहिलो दिन केप टाउनमा टस जितेर पहिला ब्याटिङ गरेको भारत पहिलो दिन नै २ सय २३ रनमा अलआउट भएको थियो । तीन टेस्टको श्रृङ्खला १–१ को बराबरीमा छ । पहिलो खेलमा भारत १ सय १३ रनले विजयी हुँदा दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *