पुस ३०
संयुक्त राष्ट्रसंघले अफगानिस्तानका दशौं लाख सर्वसाधारण मृत्युको मुखमा पुगेको चेतावनी दिएको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले अफगानिस्तानको आर्थिक संकटले दशौं लाखको ज्यान लिने अवस्था आउने चेतावनी दिएका हुन् । राष्ट्रसंघको ५ अर्ब डलरको मानवीय सहायता कोषमा सहयोग गर्न विश्व समुदायलाई अपिल गर्दै उनले अफगानिस्तानको रोक्का गरिएका खाताहरु फुकुवा गर्न विश्व बैंक, आइएमएफल गायत लाई आग्रह गरेका छन् । महासचिव गुटेरसले ८७ लाख अफगानीहरु अहिले पनि दुई छाक नपाउने अवस्थामा रहेको भन्दै त्यहाँको अर्थतन्त्रका लागि आवश्यक तरलता तत्काल उपलब्ध नगराउने हो भने अवस्था भयावह हुने चेतावनी पनि दिए ।
दाताको सहयोगमा टिक्दै आएको अफगानिस्तानको अर्थतन्त्र तालिवानले सत्ता कब्जा गरेपछि झन् झन् अधोगतिमा रहेको छ । तालिवानको शासनलाई चुनौति दिन अमेरिका लगायत विश्व समुदायले अफगानिस्तानको सम्पति र खाता रोकेकाले अर्थतन्त्र चरम संकटमा फसेको छ । अमेरिकाले मात्रै अफगानिस्तानको ७ अर्ब डलर रोकिदिएको छ । त्यहाँ अस्पतालका चिकित्सक, सेना, पुलिस र सरकारी कर्मचारीले समेत तलब पाईरहेका छैनन् ।।
Leave a Reply