माघ १
रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको अमेरिकाले आरोप लगाएको छ ।
अमेरिकी अधिकारीहरुले रुसले युक्रेनमा फेरि पनि आक्रमण गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् । रुसले विभिन्न बहानमा सैन्य अपरेसनहरु सञ्चालनको तयारी गरेको अमेरिकाको दावी छ । तर, अमेरिकी आरोपमा कुनै सत्यता नभएको रुस अधिकारहरुको तर्क छ । युक्रेनको गुप्तचरले रुसी सेनालाई सैन्य आक्रमणका लागि हातहतियारसहित पूर्ण तयारी अवस्थामा राखिएको जनाएको छ ।
आक्रमणको तयारी थाल्नु अघि युक्रेनका नागरिकलाई रुसी सैन्य अधिकारीहरुले उत्तेजित बनाएको बीबीसीले जनाएको छ । युक्रेनमा आधार दर्जनभन्दा बढी सरकारी वेबसाइटहरु ह्याक हुनुमा रुसकै संलग्नता रहेको भन्दै आशंका व्यक्त गरेको छ । आफ्नो महत्वपूर्ण र राणनीतिक सूचनाहरु लिएर रुसले आक्रमणको योजना बनाएको युक्रेनका अधिकारीहरुले दावी गरेका छन् ।
Leave a Reply