ग्लोबल टिभि
आइतवार, माघ २, २०७८
0
माघ २
जापान, अमेरिका र रुसमा सुनामी आउन सक्ने चेतावनी । जापान र अमेरिकाले सुनामी आउन सक्ने चेतावनी दिएका छन् ।
प्रशान्त महासागरमा ज्वालामुखी विस्फोट भएकाले सुनामीको जोखिम बढेको भन्दै त्यहाँका मौसम विभागले चेतावनी दिएका हुन् । जापानको मौसम विभागले ३ मिटर उचाइमा सुनामीको लहर आउन सक्ने सम्भावना रहेको जनाएको छ ।
यस्तै, अमेरिकाको क्यालिफोर्निया, ओरेगन, वाशिङ्टन, अलास्का लगायत क्षेत्रमा सुनामीको खतरा रहेको बीबीसीले जनाएको छ । यस्तै, रुसले पनि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीबाट बँच्न तटीय क्षेत्रका नागरिक सुरक्षित ठाउँमा सरेका छन् ।
Post Views: 962
Leave a Reply