वेष्ट फिफा अवार्ड

रोनाल्डोलाई विशेष सम्मान

 ग्लोबल टिभि      मङ्लबार, माघ ४, २०७८      0

माघ ४
बार्यन म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले वर्षको सर्वोत्कृष्ट फुटबल खेलाडीको अवार्ड जितेका छन् ।

लेवान्डोस्कीले वर्ष २०२१ को फिफा उत्कृष्ट पुरुष फुटबल खेलाडीको अवार्ड जितेका हुन् ।३३ वर्षका पोल्याण्डका खेलाडी लेवान्डोस्कीले लगातार दोस्रो वर्ष फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन् । उनले सन् २०२१ मा ६९ गोल गरेका थिए ।

लेवान्डोस्कीले लिभरपुलका मोहम्मद सालह र पेरिस सेन्ट जर्मेन (पिएसजी) का लियोनल मेस्सीलाई पछि पारेर वर्ष खेलाडी अवार्ड जितेका हुन् । यस्तै चेल्सीका प्रशिक्षक थोमस टुसिलले उत्कृष्ट पुरुष टिम प्रशिक्षकको अवार्ड जितेका छन् । सर्वोत्कृष्ट गोलका लागि टोटनह्यामका एरिक लामेलाले फिफा पुस्कास अवार्ड पाएका छन् ।

यसैबीच म्यानचेस्टर युनाइटेडका क्रिष्टियानो रोनाल्डोलाई स्पेसल अवार्ड प्रदान गरिएको छ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सर्वाधिक गोल गरेकोमा रोनाल्डोलाई विशेष सम्मान गरिएको हो ।

 

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *