संसारभर एकैदिन थपिए ४ लाख भन्दा बढी संक्रमित

 ग्लोबल टिभि           0

काठमाडौं । विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितमध्ये ३ करोड ९ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २ लाख ६७ हजार ९९३ जना संक्रमणमुक्त भएसंगै ३ करोड ९ लाख २ हजार ९ सय ९६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । यस्तै पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ३४ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने थप ६ हजार ७९७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म विश्वभरमा मृत्यु हुनेको संख्या ११ लाख ३५ हजार ६९७ पुगेको छ । कोरोना संक्रमितको कुल संख्या ४ करोड १४ लाख ६२ हजार ४२ पुगेको छ । संक्रमितमध्ये ९४ लाख २३ हजार ३ सय भन्दाबढी विभिन्न अस्पतालमा उपचाररत छन् भने ७४ हजार १ सय बढीको अवस्था गम्भीर रहेको वल्डोमिटरमा उल्लेख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा ८५ लाख ८४ हजार ८ सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । संक्रमितमध्ये दुई दाख २७ हजार ४ सय बढीको मृत्यु भएको छ भने ५६ लाख २ हजार भन्दा बढी निको भएका छन् ।

त्यसैगरी छिमेकी मुलुक भातरमा हालसम्म ७७ लाख ५ हजार १सय भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये एक लाख १६ हजार ६ सय बढीको मृत्यु भइसकेको छ भने हालसम्म ६८ लाख ७१ हजार ८ सय बढी निको भइसकेका छन् ।

ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ५३ लाख नाघेको छ भने १ लाख ५५ हजार ४५९ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ४७ लाख ५६ हजार ४ सय भन्दा बढी निको भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *