ग्लोबल टिभि
बुधबार, माघ ५, २०७८
0
माघ ५
जिम्बाब्वेले दोस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्कालाई हराएको छ ।
श्रीलङ्का भ्रमणमा रहेको जिम्बाब्वेले गएराति भएको खेलमा घरेलु टोलीलाई २२ रनले हराएको हो । जिम्बाब्वेले दिएको ३ सय ३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको श्रीलङ्काले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन मात्र बनाउन सक्यो । यसअघि पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ५० ओभरमा ८ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।
जितसँगै तीन खेलको श्रृङ्खलामा जिम्बाब्वेले १–१ को बराबरी गरेको छ । पहिलो खेलमा श्रीलङ्का ५ विकेटले विजयी भएको थियो ।
Post Views: 382
Leave a Reply