अमेरिकी डेमोक्र्याट्स सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउने संकेत गरेका छन् । राष्ट्रपति ट्रम्पका समर्थकले गत साता अमेरिकी संसद भवनमा प्रवेश गरेर हिंस्रक गतिविधि गरेको भन्दै संसदका दुवै सदनले महाअभियोग लगाउने तयारी गरेका हुन् ।
राष्ट्रपति ट्रम्पले राजीनामा नदिए वा उपराष्ट्रपतिले संविधानको २५ औं संशोधन गरेर बर्खास्त नगरे महाअभियोग लगाउने तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चेतावनी दिएका हुन्। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो एक सय दिनको समयावधिमा कोरोना भाइरसविरुद्धका मुख्य नीतिहरु अवलम्बन गर्ने बताइएको छ ।
नयाँ मन्त्रीमण्डल गठन भएलगत्तै राष्ट्रपति बाइडेनले आफ्ना महत्वाकांक्षी योजनाहरु अघि सार्ने बताइएको छ । अमेरिकामा राष्ट्रपतिको निर्वाचनको अन्तिम परिणाम आएपछि नयाँ राष्ट्रपतिले कार्यकाल सम्हाल्नुअघि बहालवाला राष्ट्रपतिले दैनिक प्रशासनिक काम मात्र सञ्चालन गर्न पाउने कानुनी मन्यता छ ।
तर राष्ट्रपति ट्रम्पले पछिल्ला दिन गरेका केही निर्णयहरु विवादास्पद र दूरगामी असर पर्ने खालका रहेको भन्दै डेमोक्र्याटहरु महाअभियोग लगाउने चेतावनी दिएका हुन् । विशेषगरी चुनावी परीणामलाई लिएर राष्ट्रपति ट्रम्पले असन्तुष्टि जनाएपछि उहाँको सर्वत्र विरोध भएको थियो ।
सोही क्रममा उपराष्ट्रपति माइक पेन्सले बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपति निर्वाचित भएको घोषणा गर्ने क्रममा आफ्नो समर्थकलाई उक्साएर संसद भवनमा अनाधिकृत रुपमा प्रवेश गराएर दंगा फैलाएको ट्रम्पमाथि आरोप छ । सो झडपमा परेर ६ जनाको मृत्यु भएको छ ।
Leave a Reply