म्यानचेस्टर सिटीले अक्टोबर यता पहिलोपटक अङ्क गुमायो (प्रिमियर लिग)

 ग्लोबल टिभि      आइतवार, माघ ९, २०७८      0
Manchester City’s English midfielder Raheem Sterling celebrates with teammates after scoring a goal during the UEFA Champions League round of 16 second leg football match between Manchester City and Real Madrid at the Etihad Stadium in Manchester, north west England on August 7, 2020. (Photo by Dave Thompson / POOL / AFP) (Photo by DAVE THOMPSON/POOL/AFP via Getty Images)

माघ ९
प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले अक्टोबर यता पहिलोपटक अङ्क गुमाएको छ ।

शनिबार राति भएको खेलमा सिटी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको हो । यसअघि सिटीले लगातार १२ खेलमा जित हासिल गर्दै शीर्ष स्थानमा फराकिलो अग्रता बनाउन सफल भएको थियो । कायल वार्कर पिटर्सले खेलको सातौँ मिनेटमा नै साउथह्याम्पटकलाई अप्रत्यासित अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा केभिन डि ब्रुयनाको पासमा एमरिक लपोर्टेले गोल गर्दै खेल बराबरी गरे । २३ खेलपछि सिटी ५७ अङ्कसहित लिगको शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलभन्दा सिटी १२ अङ्कले अघि रहेको छ । साउथह्याम्पटन भने लिगको १२ औँ स्थानमा छ ।उता, वेस्ट ह्यामविरुद्ध सङ्घर्षपूर्ण जीत निकाल्दै म्यानचेस्टर युनाइटेड लिगको चौथो स्थानमा उक्लिएको छ । २२ खेलपछि युनाइटेडको ३८ अङ्क रहेको छ । २३ खेलबाट ३७ अङ्क बटुल्दै वेस्ट ह्याम पाँचौ स्थानमा छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *