इंग्ल्याण्डविरुद्धको टी–२० सिरिजमा वेस्ट इण्डिजको जित

 ग्लोबल टिभि      सोमवार, माघ १७, २०७८      0

माघ १७
इंग्ल्याण्डविरुद्धको टी–२० सिरिज वेस्ट इण्डिजले जितेको छ ।

आज बिहान भएको निर्णायक तथा पाँचौं खेलमा इंग्ल्याण्डलाई १७ रनले हराउँदै वेस्ट इण्डिजले २–३ ले सिरिज जितेको हो । निर्णायक खेलमा वेस्ट इण्डिजले दिएको १८० रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले १९.५ ओभरमा सबै विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । उसका लागि जेम्स भिन्सले ५५, साम बिलिङ्सले ४१, टम ब्यान्टनले १६ र कप्तान मोइन अलीले १४ रन बनाए ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।त्यसअघि, बार्बाडोसस्थित केन्सिङ्टन ओभल मैदानमा टस जितेर ब्याटिङ रोजेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनायो ।।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *