ग्लोबल टिभि
0
माघ १७
इजिप्ट अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको क्वाटरफाइनलमा मोरक्कोलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले हराएर इजिप्ट अन्तिम चारमा पुगेको हो । इजिप्टले सुरुआती एक गोलको अग्रता उल्टाएर जित निकालेको हो । रोमान्चक बनेको खेलको छैटौं मिनेटमा सोफियन बाउफलले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए ।तर, खेलको ५३ औं मिनेटमा कप्तान मोहमद सलाहले गोल गर्दै इजिप्टलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयको १०० औं मिनेटमा महमुद अहमेद इब्राहिम हसनले गोल गर्दै इजिप्टलाई २–१ को जित दिलाए ।अब इजिप्टले सेमिफाइनलमा आयोजक क्यामरुनसँग खेल्नेछ ।
Post Views: 1,085
Leave a Reply