अमेरिकी राष्ट्रपति बाइडेनले गरे १९ खर्बको कोरोना राहत प्याकेज घोषणा

 ग्लोबल टिभि           0

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले जनताको नाममा सम्बोधन गर्दै १९ खर्ब अमेरिकी डलर बराबरको कोरोना राहत प्याकेज घोषणा गरेका छन्।

राहत प्याकेजलाई अनुदान र कोरोना रोकथाम तथा नियन्त्रण गरि दुई शिर्षकमा वर्गिकरण गरिएको छ । घोषित कार्यक्रमले सीधै नगद भुक्तानी, बेरोजगारी भत्ता प्रदान, भाडा राहत, खाद्य सहायता, साना व्यावसायीका लागि राहतलगायतका विषय समेटेको छ ।

यसअघि संसदबाट पारित भइसकेको ६ सय डलरमा १४ सय जोडेर अब हेरक अमेरिकी परिवारलाई २ हजार डलरको चेक प्रदान गरिनेछ । बाइडेनले घोषणा गरेको यो प्रस्ताव संसदबाट पारित हुन भने बाँकी छ ।

अमेरिकामा हालसम्म कोरोनाबाट ३ लाख ९८ हजारले ज्यान गुमाएका छन् भने २ करोड ३८ लाख ४८ हजार संक्रमित भएका छन् ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *