माघ २०
सामाजिक सञ्जाल विशाल फेसबुकले आफ्नो १८ वर्षको इतिहासमा पहिलो पटक दैनिक सक्रिय प्रयोगकर्ताहरू (डीएयू) घटेको जानकारी गराएकोछ ।
फेसबुकको मूल कम्पनी मेटा नेटवर्क्सका अनुसार फेसबुक प्रयोगकर्ता अघिल्लो त्रैमासिकमा १.९३० बिलियन भएको र अहिले डिसेम्बरको अन्त्यसम्म आउदाँ तीन महिनामा उक्त डीएयू सख्या १.९२९ बिलियनमा घटेको कारण प्रयोगकर्ता घटेको बताएको छ । प्रमुख कार्यकारी मार्क जुकरबर्गले दर्शकहरू, विशेष गरी युवा प्रयोगकर्ताहरू अन्य सोसल मिडिया प्रतिद्वन्द्वीहरूको लागि छोडेका कारण फर्मको बिक्री वृद्धिलाई चोट पुगेको बताएका छन् ।
तेसैगरी गुगल पछि विश्वको दोस्रो ठूलो डिजिटल विज्ञापन प्लेटफर्मको स्वामित्वमा रहेको मेटाले पनि एप्पलको अपरेटिङ सिस्टममा गोपनीयता परिवर्तनबाट प्रभावित भएको बताएको छ।
त्यसैगरी फर्मले टिकटक र युट्युब जस्ता प्रतिद्वन्द्वीहरूबाट प्रतिस्पर्धाको सामना गर्दा राजस्व वृद्धि सुस्त हुने चेतावनी दिए सँगै विज्ञापनदाताहरूले पनि खर्च कटौती गरिरहेका छन् ।मेटाको शेयर मूल्यमा आएको गिरावटले कम्पनीको स्टक बजार मूल्यबाट करिब २०० डलर बिएन नष्ट भएको छ ।
तेस्तै ट्विटर, स्न्याप र पिन्टरेस्ट लगायत अन्य सामाजिक मिडिया प्लेटफर्महरूका शेयरहरू विस्तारित व्यापारमा पनि तीव्र गिरावट आएको छ ।
Leave a Reply