भारतमा विस्तारै प्रतिबन्धहरु खुकुलो हुँँदै

 ग्लोबल टिभि           0

माघ २१
कोभिडको तेस्रो लहर सामना गरिरहेको भारतमा विस्तारै प्रतिबन्धहरु खुकुलो बनाउन थालिएको छ ।

दैनिक संक्रमितको संख्या घट्न थालेपछि कोभिड नियन्त्रणका लागि लागू गरिएका प्रतिबन्धहरु पनि खुकुलो बनाउदै लगिएको हो । जसअनुसार दिल्लीमा विद्यालय र जिम हल खोल्न अनुमति दिइएको छ । दिल्ली विपद् व्यवास्थापन निकाय (डीडीएमए) का अनुसार जिम हललाई केही प्रतिबन्धसहित खुला गर्न अनुमति दिइएको छ भने शैक्षिक संस्थाहरु विभिन्न चरणमा खुला गरिनेछ ।

जसअनुसार ७ फेब्रुवरीबाट कक्षा ९ दखि १२ सम्मका विद्यार्थीका लागि भौतिक रुपमा कक्षा सञ्चालन हुनेछन् । तर, खोप नलगाएका शिक्षक विद्यालय जान पाउने छैनन् ।दिल्लीमा रात्रीकालीन कर्फ्यू जारी रहनेछ । त्यस्तै, शत प्रतिशत कर्मचारीको भौतिक उपस्थितिमा कार्यलय सञ्चालन गर्न अनुमति दिइएको छ ।

भारतमा पछिल्लो २४ घन्टामा एक लाख ४९ हजार ३९४ जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *