टर्कीमा हिमपात-मृत्यु हुने आप्रवासीको संख्या २२ पुग्यो

 ग्लोबल टिभि           0

माघ २२
टर्की–ग्रीस सीमामा परेको भीषण हिमपातको कारण टर्की र ग्रीसको सिमानामा कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या २२ पुगेको छ ।

टर्कीका अधिकारीहरुले शनिबार थप सात अप्रवासीको शव भेटिएको जनाएका छन् । टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोलुले कठ्यांग्रिएर मृत्यु भएका आप्रवासीको तस्बिर सेयर गरेका छन् ।

ती तस्बिरमा आप्रवासीले शरिर छोप्ने कपडाको अभावमा ज्यान गुमाएको देख्न सकिन्छ । ग्रीस र टर्कीबीच सीमाक्षेत्रमा भएको आप्रवासी संकटलाई लिएर तनाव चुलिएको बेला हिमपातको कारण आप्रवासीले ज्यान गुमाएका हुन् ।

एथेन्सको लापर्वाहीले आप्रवासीको मृत्यु भएको आरोप अंकाराले लगाएको छ । तर, एथेन्सले चाहिँ अंकाराको आरोपहरुलाई अस्वीकार गरेको छ । टर्की–ग्रीस लगायतका मुलुकमा पछिल्लो साता भीषण हिमपातको कारण जनजीवन प्रभावित बनिरहेको छ ।

छुटाउनु भयो कि?

फेसबुक छैन तलको फारम भर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *